अनिर्णय बिच राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सम्पन्न्

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भौतिक योजना तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेकोमा कुनै निर्णय बिनै बैठक सम्पन्न भएको हो ।
गृह मन्त्रालयको भागवण्डाको विषयलाई लिएर सुरु भएको बैठकमा पार्टीको केन्दि«य समिति तथा संसदीय दलको संयुक्त बैठक बसेको थियो । बैठकमा राष्ट्रिपतिको सिट बाडँफाँड, गठबन्धनको छलफल तथा आन्तरीक पार्टीको विषयमा छलफलमा उठेको थियो । जसमा कुनै निर्णय विनै छलफल अनिर्णयको अवस्थामा पुगेको हो ।
गृहमन्त्रालय रास्वपाले दावि गरेसंगै प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम सकिएसंगै यस विषयलाई अतिरञ्जीत गरिएको एक नेताले जानकारी गराए ।
थप निर्णय गर्न भोली आइतबार ११ ः ३० मा पूर्ण बैठक बस्ने बारे निर्णय भएको रास्वपाका नेताले पत्रकारसंगको भेटमा बताए ।
प्रतिक्रिया






