मधेसका जनता अन्यायमा परेका छन्, नागरिकता विधेयक छिटो ल्याइयोसः सांसद महतो

काठमाडौं । मधेसका जनता अन्यायमा परेको प्रतिनिधि सभा सदस्य डा. विरेन्द्र महतोले बताएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा पहिलोपटक बोल्दै उनले नेपाल भित्रैका नागरिकलाई मान्छे हेरेर कानूनको व्याख्या हुने गरेको बताए ।
मधेसमा लाखौं युवाहरू नागरिकताबाट बञ्चित रहेको भन्दै उनले नागरिकताको समस्या छिट्टै समाधान गर्न आग्रह गरे ।
’मधेसका लाखौं युवाहरू नागरिकताविहीन छन् । आफ्नै देशमा अनागरिक भएर बस्न बाध्य छन् । बैंकमा खाता खोल्न पाएका छैनन् ।, उनले भने, ’यही सम्मानीय सदनबाट पटक पटक पारित गरेर नागरिकता विधेयक सम्माननीय राष्ट्रपति कहाँ पठाइएको थियो । फेरी राष्ट्रपतिले सदनमै फिर्ता गर्नुभयो । त्यो विधेयक अहिलेसम्म प्रमाणित हुन सकेको छैन् । जुन दुखद विषय हो ।’
सांसद महतोले आज हामी जुन नागरिकलाई एउटा नागरिकता दिन सकिरहेका छैनौं अनि ठुलठुला कुरा गरेर हुन्छ ? भनेर सदनमा प्रश्न गरेका थिए ।
’मधेसका जनता अन्यायमा परेका छन् । त्यहाँ लाखौं युवाहरू न पढ्न पाएका छन् । न रोजगारी पाएका छन् न त विदेश जान पाएका छन्’, उनले भने, ’सबैभन्दा पहिले त्यो विधेयकलाई पारित गराउन तर्फ पहल गरियोस् ।’
सिराहा ४ बाट निर्वाचित उनले छ मिनेटको समयअवधिमा बोल्दै हामी विभेदकारी नितीमा रहेको बताएका थिए । उनले विभिन्न नियकायको नश्लीय चिन्तन र एकात्मक सोचले नागरिकताको विषयलाई राष्ट्रियताको विषय बनाएका बताए ।
उनले हामी नेपाली पूर्वतिर फर्कियौं भने पूर्वतिरको राष्ट्रियता र पश्चिमतिर फर्कियौं भने पश्चिमतिरको राष्ट्रियता यही सदनमा बहस गर्ने गरेको भ
बताए ।
’नागरिकलाई राष्ट्रियतासँग नजोडौ । यो नागरिकको आवश्यकता हो । नागरिकको हक हो । नागरिकको अधिकार हो । त्यो अधिकारलाई कुण्ठित गर्ने प्रयास हामी नगरौं ।’ उनले भने ।
सांसद महतोले हजारौं नेपालीहरुको रगतबाट ल्याएको गणतन्त्र र सङ्घीयतबारे धेरै टिकाटिप्पणी र संविधान विषयमा विपरित नबोल्न आग्रह गरेका थिए । उनले खासगरी सरकारमा सहभागि हुने दल र मन्त्रीहरुलाई त्यस्तो अभिव्यक्तिहरु नदिन आग्रह गरेका थिए ।
उनले जनता निरास भएको बताउँदै व्यवस्था बदलियो तर अवस्था र प्रवृति बदलेन भन्दै टिप्पणी गरेका थिए ।
’यो सदनमा निर्वाचित भएर आईसकेपछि धेरै गुलिया र रसिला प्रतिबद्धताहरु सुन्न गरेका छौं । मैले यो गरे र मैले यो गर्नेछु । तर, जनता यो हाम्रो यो प्रतिबद्धताहरु सुन्दा सुन्दै वाजिव भईसकेको छ, उनले भने, ’ जनताले हामीलाई निर्वाचित गरेर यस्तो खोक्लो प्रतिबद्धता । जुन प्रतिबद्धता काजगमा मात्रै हुन्छ कार्यान्वयन हुँदैन । त्यस्ता प्रतिबद्धता सुन्न हामीलाई सदनमा पठाएको होईन ।’
सांसद महतोले भने, ’जनताले हामीलाई उनीहरूको जनजीविकासँग जोडिने मुद्मामा तपाईं बोलिदिनुहुनहोला । हामीलाई संविधानले दिएको अधिकारको बारेमा तपाईंले बोलिदिनु होला भन्ने आशाका साथ हामीलाई मत दिएर पठाएको छ।’
उनले एउटा सरकारले वर्तमान सरकारले निवर्तमन सरकारले त्यसभन्दा पनि निवर्तमान सरकारको प्रतिबद्धता यही रोष्टमबाट हामीले सुन्न पायौं भन्दै जुन प्रधानमन्त्रीले जुन कृषिमन्त्रीले एउटा किसानको लागि मल दिन सक्दैंन किसानले आफ्नौ पैसा तिरेर मल किन्न सक्दैन । अनि त्यो मन्त्री र प्रधानमन्त्रीले ठूलो भाषण गर्ने ठूलो प्रतिबद्धता देखाउने भन्दै कटाक्ष गरेका थिए ।
’देशलाई अहिले जुन किसिमको कुरा हरु आएको छ । मैले यो गरे त्यो गरे जनताले प्रकृया हेर्दैन । जनता रिजल्ट हेर्ने हो’, उनले भने, ’काजगमा हामीले धेरै कुरा बनाउँन सक्छौ । बनाईरहेका छौं । तर व्यवहारमा उर्तान सकेका छैनौं ।’
सांसद महतोले मल नपाउँदा किसानहरू छटपटाईरहेको बेला किसानले उब्जाएको तरकारी सडकमा फाल्नुपर्ने बाध्यता भएको दुखेसो सुनाए ।






