नेपाली काँग्रेस मधेस प्रदेशको प्रमुख सचेतकमा झा

जनकपुरधाम । नेपाली काँग्रेसको मधेश प्रदेशसभा संसदीय समितिको प्रमुख सचेतकमा कुमरकान्त झा नियुक्त भएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
संसदीय दलका नेता यादवले मङ्गलवार प्रदेश सांसद झालाई प्रमुख सचेतक नियुक्त गरिएको पत्र प्रदान गरेका छन् ।
नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम झालाई प्रमुख सचेतक नियुक्त गरिएको हो ।
प्रमुख सचेतक झा समानुपातिकतर्फ धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
सत्ता साझेदार दलले संसदीय समितिको प्रमुख सचेतक मनोनित गर्न ढिलाई गरिरहँदा प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको काँग्रेसले झालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
यसअघि मधेश प्रदेशका सबैभन्दा ठूलो दल समेत रहेको सत्ता साझेदार दल नेकपा एमालेले प्रमुख सचेतकमा लखन दासलाई नियुक्त गरिसकेको छ ।






