क्विक फिक्सले ल्यायो वार्षिक ग्राहक योजना

काठमाडौं । विभिन्न प्राविधिक सेवा दिँदै आएको क्विक फिक्सले वार्षिक ग्राहक योजना ल्याएको छ ।

विगत दुई वर्षदेखि काठमाडौंमा सेवा सुरु गरेको क्विक फिक्सले वार्षिक सम्झौतामा विभिन्न प्याकेजहरू राखेको छ ।

न्यूनतम तीन हजारको वार्षिक मर्मतसम्भारसहित अन्य सेवाहरू समावेश गरिएका छन् । जसमा वार्षिक ग्राहकलाई बेलाबेलामा दक्ष प्राविधिकद्वारा नि: शुल्क मर्मतसम्भार सेवा उपलब्ध गराइनेछ ।

कम्पनिका कार्यकारी प्रबन्धक ओम यादवले वार्षिक सम्झौता सुरू भएपछि व्यावसायिक रुपमा सहकार्यहरू हुन थालेको जानकारी दिए ।

उनले भने, ‘ गुणस्तरीय सेवा प्रदान गर्ने एक मात्र कम्पनि निर्माण गर्ने योजनाका साथ हामी काम गर्दैछौं, केहि समयमा मोबाइल एप पनि लन्च गर्ने योजना रहेको छ।’

‘ग्राहकवर्गबाट सुझावहरू पनि सङ्कलन गरेर कम्पनिमा रहेको त्रुटि सच्याउँदै अगाडि बढ्दैछौं । हालसम्म हाम्रा सेवाले ग्राहकवर्गको मन जितेको छ । मात्र १० देखि १५ मिनेटमा ग्राहक र टेक्निसियनबीच समन्वय गराउने र गुणस्तरीय सेवा दिने काममा हामी अब्बल छौं ।’ यादवले थपे ।

ग्राहक वर्गलाई गुणस्तरीय सेवा दिनु नै हाम्रो पहिलो प्राथमिकता रहेकाले हामी विशेष सचेत र क्रियाशिल भएर अघि बढिरहेको बताउनुहुन्छ‌ कम्पनीका अध्यक्ष दिपेश दत्त ।

प्राविधिकको व्यक्तित्व विकासदेखि सिप विकासहरू एवं नयाँ प्रविधिका उपकरण प्रयोगबारे पनि गृहकार्य भइरहेको उनको भनाइ छ ।

सन् २०१६ मा वीरगञ्जमा स्थापना भएको क्विक फिक्स नामक यस कम्पनीले पछिल्लो समय आफ्नो सेवा काठमाडौं र हेटौंडा पनि विस्तार गरेको छ।

कम्पनीको सेवा लिनका लागि अनलाइन एवं फोन कलमार्फत सम्पर्क गर्न सकिन्छ । ग्राहकले खोजेका सम्बन्धित दक्ष प्राविधिक कम्पनीले उपलब्ध गराउने काम गर्छ साथै कम्पनिले प्राविधिकले कस्तो काम गर्यो, के गर्यो र ग्राहकसंग निरन्तर सम्बाद गरि गुणस्तरिय काम प्रति ध्यान दिने गरेको छ।

विशेषगरी मानिसको दैनिक जीवनमा आउने प्राविधिक क्षेत्रमा सानातिना समस्यादेखि ठुलै समस्यासम्मको समाधान केन्द्रको रूपमा स्थापित हुँदैछ क्विक फिक्स ।

गुणस्तरीय काम र सुपथ सेवा शुल्कमा प्राविधिक भेटिन गाह्रो भएकाले क्विक फिक्स ग्राहकका लागि विकल्पको रूपमा आएको हो । साथै ग्राहक वर्गलाई अब केहि प्राविधिक माथि मात्रै निर्भर हुनुपर्ने बाध्यताको पनि अन्त्य हुदैछ ।

क्विक फिक्सले इलेक्ट्रिकल, पल्बिङ्ग, कार्पेन्टिङ्ग, पेन्टर, होम एण्ड किचेन एप्लाइन्सेज मर्मत सेवा, आइटी उपकरण मर्मतसम्भार, सानातिना घरका मर्मतसम्भार, टाइलमार्बल सम्बन्धी काम, सिसा र एलमुनियमका काम, एवं घर निर्माण सम्मको कार्यहरूमा सेवा दिँदै आएको छ।

विस्तारै अरू प्राविधि क्षेत्रहरूलाई पनि जोड्दै लाने योजना रहेको र साथै अरू साना सेवा प्रदान गर्ने संस्थाहरूसँग सहकार्य बढाउने, तालिमहरू दिने, प्राविधिक सिप तालिमहरू व्यवस्थापन गर्ने, विभिन्न क्षेत्रका सेवाका साथै सम्बन्धी क्षेत्रको वस्तु उपकरणहरू पनि ग्राहक वर्गलाई सहजै उपलब्ध हुने व्यवथापन गर्ने योजना क्विक फिक्सको रहेको छ ।

प्रतिक्रिया