मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले अझै फिर्ता गरेन गाडी, मोबाईल र ल्यापटप

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सरकारी गाडीसहित अन्य सुविधा अझै फिर्ता गरेका छैनन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल र २ वटा ल्यापटपसहितका समानहरु फिर्ता गरेका छैनन् ।

पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका सामानहरु फिर्ता नगरेको विषयमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीहरुले जानकारी गराइसकेका छन् । तर, उनी नियुक्त भएको लामो समय भए पनि पूर्वमुख्यमन्त्रीसँग उक्त सामानहरु फिर्ता गराउन सकेका छैनन् ।

तर वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्वमुख्यमन्त्रीसँग कुरो गरेर फिर्ता गराउने आश्वासन दिएको दुई हप्ता भइसक्दा समेत अझै सामान फिर्ता भएका छैनन् ।

यो पनि :

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री राउतसहित यी पूर्वमन्त्रीले अझै बुझाएनन् सरकारी गाडी

प्रतिक्रिया