मधेस प्रदेशको मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा अग्रहरी नियुक्त

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सीताराम अग्रहरी नियुक्त भएका छन् । गोरखापत्रका प्रधान सम्पादक तथा महाप्रबन्धक समेत भइसकेका अग्रहरीलाई मुख्यमन्त्री यादवले आज प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पत्रकार अग्रहरीले राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी निकटको प्रेस मञ्चमा रहेर काम गरिसकेका छन् । उनले गोरखापत्रबाट अवकाश प्राप्त गरिसकेपछि सो मञ्चमा लामो समयसम्म सल्लाहकारको रुपमा काम गरेका थिए । सद्भावना पार्टी एकीकरण भएर राष्ट्रिय जनता पार्टी बनेपछि उनी निस्कृय भएका थिए । यद्यपि अग्रहरीले राजनीतिमा राजेन्द्र महतो निकट भएर काम गर्दै आइरहेका थिए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको विशेष आग्रहमा उनी मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार बनेका हुन् । उनी कोशी प्रदेश सुनसरीका बासिन्दा हुन् ।

प्रतिक्रिया