महिला अधिकार शुनिश्चित गर्न युवाहरुको शान्तिपूर्ण प्रदर्शन

काठमाडाैँ । महिला अधिकार सुनिश्चिताको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपालको आयोजनामा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको हो ।
८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सरोकारवालालाई थप उत्तरदायी तथा महिलाको विषयमा जवाफदेहि बनाउन पर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताउँछन् युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामी ।
‘लैङ्गीक विभेद अन्त्यका लागि स्रोत साधन र शक्तिको महिला पुरुष विच समान ढङ्गले वितरण गर्न पर्नेमा युथ एड्भोकेसी नेपालका सल्लाकार नरेन्द्र खतिवडाले जोड दिए । उनले भने, ‘सरोकारवालाको निरन्तर दवाबले नै थप अधिकार सुनिश्चित हुनेहुनाले शसक्त माध्यमबाट पैरवी हुन पर्छ ।’

त्यस्तै अधिकारकर्मी सुनिता विशुन्खेले भाषणमा महिलालाई सिमित नर्गन सचेत गराएकि छन् । उनि भन्छिन्, ‘राजनीतिक दलले महिलालाई नामकालागि समावेश गर्ने परिपाटि त्याग्नु पर्छ ।’ उनि पछिल्लो समय महिला अधिकारको सुनिश्चितताको लागि पूर्णरुपमा राज्य जवाफदेहि हुनुपर्नेमा जोड दिएकि छिन् ।
त्यस्तै कार्यक्रममा महिला हिँसा, महिला माथिको विभेद र अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग राख्दै पुरषोत्तम अधिकारीले कविताको मार्फत सरकारलाई खबरदारी गरेका थिए । साथै महिला हिँसाको अन्त्य, भाषणमा होइन शासनमा महिला, महिला अधिकार सुनिश्चित गर लगायता नारा सहित शान्तिपूर्ण धर्नामा युवा महिला तथा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।







