स्ववियु चुनावलाई लिएर रामपुर कृषि क्याम्पसमा झडप

चितवन । रामपुर कृषि क्याम्पस खैरहनी, चितवनमा स्ववियु निर्वाचनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा प्रहरीसँग मुठभेड भएको छ ।
स्ववियु निर्वाचनमा धाँधली भएको विषयलाई लिएर झडप भएको स्रोतले बताएको हो । कलेज प्रशासन तथा सुरक्षा निकायको संयुक्त मिलेमतोमा एकल रुपमा अखिल संयुक्तले निर्वाचन गराएको आरोप नेपाली कांग्रेस निकट नेविसंघले लगाएको छ ।
गत शुक्रबार भएको निर्वाचनमा नेविसंघका सभापति उम्मेदवार आशिष देवकोटा तथा इकाइ अध्यक्ष सुरज यादव लगायत कार्यकर्तालाई निर्धात कुटपिट गरि अस्पताल भर्ना भएको बताउँछन् नेपालि कांग्रेसका बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ ।
बानियाँले घाइते विद्यार्थीहरुको उचित उपचार र घटनाको छानविन गरि दोषिलाई कारवाहीका लागि प्रशासनसँग माग गरेका छन् । साथै अवैधानिक रुपमा गरिएको निर्वाचन रद्ध गर्न सम्बद्ध सबै पक्षसँग गर्नको लागि जोडदार माग गरेको हिमालय पोष्टलाई जानकारी दिए ।
गत शुक्रबार दिउसो मात्र आगजनी तथा तोडफोड गरिएको छ । सो क्याम्पसमा शनिबार अज्ञात समूहले आगजनी तथा तोडफोड समेत गरेका थिए ।
शुक्रबार मात्रै स्ववियू निर्वाचन भएको क्याम्पसको निर्वाचन अधिकृतको कक्षमा शनिबार आगजनी भएको थियो । समुहमा आएका युवाहरुले क्याम्पसमा आगजनी तथा तोडफोड गरेको स्थानीयले हिमालय पोष्टलाई बताए । आगजनी तथा तोडफोडबाट क्याम्पसको झ्यालको सिसाहरु फुटेको छ भने केहि कागजपत्र जलेर नष्ट भएको छ ।
त्यस्तै कांग्रेस निकट नेविसंघले भने निर्वाचन नस्वीकार्ने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा धाँधली तथा वुथ क्याप्चर भएको र त्यसको जिम्मा क्याम्पस प्रशासनले लिन पर्ने उल्लेख गरिएको छ।







