मधेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

नेकपा एमालेको तर्फबाट राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरूले मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, प्रदेश सभा मामिला तथा कानून मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंह कोइरी, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय रहेका छन् ।

जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतको सरकारमा एमाले पनि रहेको थियो । तर, सङ्घबाट एमाले बाहिरिएपछि मधेश प्रदेशमा सरकार परिवर्तनको विषय उठिरहेको बेला एमालेबाट मन्त्री बनेकाहरूले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया