सिरहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा

सिरहा । सिरहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

दिउँसो करिब १ः ४५ तिर अस्तपतालको जेनेरेटर कक्षमा तार सर्ट भएर आगलागी भएको थियो ।

अस्पतालमा आगलागी भएपछि बिरामी र कुरुवाहरूबीच भागाभाग भएको थियो । तर, कुनैपनि मानवीय क्षति भने नभएको पनि अस्पतालले बताएको छ ।

आगलागी भएको केहि समयमै वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अस्पताल प्रशासनले जनाएको छ ।

आगलागी नियन्त्रणमा आएपछि हाल अवस्था सामान्य बनेको छ ।

प्रतिक्रिया
    ट्याग: