माटोको टीका लगाएर मनाईयो जुडशितल

गौशाला । गौशाला नगरपालिकमा भलिवल खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका छन् । गौशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका हुन ।

सामुदायिक विकास युवा क्लबका भलिबल खेलाडीहरुले जुडशितलको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रममा अभिवाकहरुबाट माटोको टीका लगाउदै एकआपसमा नया वर्ष र जुडहितलको शुभकामना दिए ।

कार्यक्रममा यस वर्ष क्लबले गर्ने खेलकुद र अन्य कार्यक्रम बारे क्यालेन्डर बनाउने र खेलकुदकाकालागि खेल मैदान तथा आर्थिक श्रोत जुटाउन सामुहिक रुपमा पहल गर्नुपर्ने सहभागीहरुले सुझाव दिए ।

सामुदायिक विकास युवा क्लब कान्तिबजार भलिवल टिमका क्याप्टेन सुरज महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता जितेन्द्र महतो, गोकुल सिह, फुलेश्वर महतो क्लबका अध्यक्ष सन्तोष सिह, पुर्व अध्यक्ष रमेश सिह, सचिव महाबिर सिह, स्थानीय शिक्षा प्रेमि प्रमोद सिह लगायत खेलाडीहरु सहभागी थिए ।

प्रतिक्रिया