उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा २ मा उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको मतपरिणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको यादवले अग्रता कायम राखेका छन् । यादव २२ हजार ५५२ मतसहित अग्रता स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाको १९ हजार ९२३ मत रहेको छ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलले २ हजार ६८१ मत ल्याएका छन् ।
अब यस निर्वाचन क्षेत्रको पचतौरा नगरपालिकाको मतगणना गर्न मात्रै रहेको जनाईएको छ । यस नगरपालिकाको ९ वटा वडाको १३ हजार ५९४ मत गणना गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया






