मन्त्रीलाई फिर्ता बोलाउदै मधेस सरकारबाट बाहिरियो माओवादी

जनकपुधाम । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउदै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको छ ।

केहीदिन देखि कुन दललाई कुन मन्त्रालय र कतिवटा मन्त्रालय दिने छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी रुपमा काँग्रेस र नेकपा एसका मन्त्रीहरुलाई शपथ गराउने तयारी गरेपछि माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले जनाएको छ ।

सरकारबाट बाहिरिने निर्णय गरेसँगै आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता आउँन निर्देशन दिएका छन् ।

सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहवर अन्सारी सहभागि छन् ।

मन्त्रालय बाँडफाँडमा असनतुष्ट जनमत, लोसपा र माओवादी केन्द्रले अगामी रणनीति तय गर्न बैठक बसिरहेको छ ।

स्रोतका अनुसार राम्रो मन्त्रालय पाउँनका लागि माओवादी केन्द्रले मुख्यमन्त्रीमाथि दबाबमा बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको छ । अहिलेको मन्त्रीहरुलाई फिर्ता बोलाई राम्रो मन्त्रालय पाएको खण्डमा दलको नेता साह आफै मन्त्री बन्ने योजनामा रहेको माओवादी निकट श्रोतले बताए ।

प्रतिक्रिया