अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् : महासचिव विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरु रहेको, नागरिकहरु निराशमा रहेको तथा अन्योल र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरु एक ठाउँमा उभिएको बताएका छन् ।

पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवर्द्धनका लागि आफूहरुले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको उनले बताए । मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ ।

मोर्चाले बेपत्ता तथा सहिदहरुको सपना बोकेर आएको स्पष्ट गर्दै उनले आफ्नो देशलाई स्वाधीन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने विश्वास दिलाए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिको संरक्षण गर्दै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि आफूहरु एकै ठाउँ उभिएको बताए ।

https://www.facebook.com/nagarikmirror/posts/pfbid027k9EZunnAdS58ug7RrkkCS5oHL8rJBsfHzQEfTkRaBZSiNSwAWaDgk5cdD1UKQR7l?__cft__[0]=AZVIhNwBQDwslQSxhDyjWmiV0BMZqEz5PCYhcAErOTXDrwuCuxju-H71O0LpTasAeQTaN1TGP47j2985RHiAEUUnBpRaILQpDh7WpSvIDL8H5S9QlPG8vYVPuSdqKGom7Mes-hMs06youqGvtAXZzoKU-pWgY2N3idJB1AnAC9_YCNJR7yPIpINY4qNK8jFKEbc&__tn__=%2CO%2CP-R

आम नेपाली जनतालाई निराश नहुन आग्रह गर्दै उनले निराशाले समाप्त पार्ने र विसर्जन गर्ने भएकाले आशातीत भएर उभिनुपर्नेमा जोड दिए । उनले भने, “अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् र हार्ने छैनन् ।” मोर्चाको अवधारणा बनाउनका लागि नेताहरु जनार्दन शर्मा, प्रवेश हमाल, खड्गबहादुर विश्वकर्मा र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो ।

प्रतिक्रिया