सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन

काठमाडौं । गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

निधन हुनेमा मन्त्री सिंहसहित उनकी पत्नी र भाउजुको यस अघि नै मृत्यु भइसकेको छ । चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

गाडीमा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी रहेका थिए । डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा मन्त्री सवार गाडी सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया