ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।
ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोलीले शाहलाई पक्राउ गरेको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।
गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीn] बताएको छ ।
ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेसँगै आजै पक्राउ पर्नेको संख्या ७ पुगेको हो ।
याे पनि :
- ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ७ पुग्याे (सूची सहित)
- ललितानिवास जग्गा प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
प्रतिक्रिया






