आज हरिशयनी एकादशी भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौं— आज हरिशयनी एकादशी । काठमाडौं उपत्यकासहित देशभरका भगवान् विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ ।

काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा भीड लागेको छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु भएकाे छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ ।आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ ।

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

budhanilkantha-tkm1688012311.jpg
budhanil1688012338.jpg
प्रतिक्रिया
    ट्याग: