जनकपुरमा अब जथाभावी फाेहर फ्याल्नेलाई ५ हजरसम्म जरिवाना हुने

जनकपुरधाम । जथाभावी फोहोर फ्याल्नेलाई जनकपुरधाम उपमहानगरपालिकाले पाँच हजारसम्म जरिवाना गर्ने भएको छ ।

उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले नागरिक मिररले जनाएका छन् ।

यो निर्णय आउँदो श्रावण १ गतेदेखि लागु हुने मेयर साहले बताएका छन् ।

पर्यटकी नगरी जनकपुरधामलाई स्वच्छ, सफा र सुन्दर जनकपुरधामको परिकल्पना स्वरुप उपमहानगरले यस्तो निर्णय गरेको उनले बताए ।उनले भने, फोहोर उठाउन गाडी गएपनि स्थानीय सर्वसाधारण तथा व्यापारीहरुले जथाभावी सडकमा फोहोर फ्यालेपछि जनकपुर दुर्गन्धित हुँदै गएपछि त्यसलाई न्यूनिकरण गर्न यस्तो कदम चालेको छु ।

उपमहानगरपालिकाले अगामी आ.व.२०८०।०८१ बजेटमै फोहोरमैला व्यवस्थापनको लागि १२ विघा जग्गा आधुनिक मेसिनसहित स्यानिटरी ल्याण्डफिल साईट निर्माणको लिजमा लिसकिएको बताए।

प्रादेशिक अस्पतालकाे फाेहरकाे मुद्दाबारे बताएपछि समाचारकाे प्रभावमा साे निर्णय लिएका हुन् ।

प्रतिक्रिया