शिक्षा ऐन ल्याउन युवाहरूको विरोध : देश पासपोर्ट बनाउने प्रयोगशाला !

काठमाडौं । काठमाडौंका त्रिचन्द्र क्याम्पसमा पढ्ने विद्यार्थीहरूले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि प्रदर्शन गरेका छन्। सोमबार विद्यार्थीहरूले एक हातमा पासपोर्ट र अर्को हातमा ‘शिक्षा कसको सरोकार?’ उल्लेख गरिएको प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थी किरण खनालका अनुसार संघीय शिक्षा ऐन ल्याउन दबाब दिन प्रदर्शन गरिएको हो।

‘देश पासपोर्ट बनाउने प्रयोगशालाजस्तो भएको छ। विद्यार्थीको भविष्य अन्धकार छ,’ उनले भने, ‘संघीय शिक्षा ऐनलगायत उच्च शिक्षा ऐनहरू सरकारले तत्काल ल्याउनुपर्‍यो।’

शिक्षामा राजनीतिक दलहरू र सरकारले प्राथमिकताका साथ सरोकार नराखेको पनि उनीहरूको भनाइ थियो। ‘देशको शिक्षा नीतिले विद्यार्थीहरू विदेशिन बाध्य छन्,’ खनालले भने।

उनीहरुले हातमा पासपोर्ट बोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘शिक्षा कसको सरोकार?’ भन्ने नारा लेखिएको प्लेकार्डसमेत बोकेका थिए। शिक्षा ऐन पारित हुनुपर्ने उनीहरुको माग छ।

तस्बिरहरू:

प्रतिक्रिया
    ट्याग: