सबैला नगरपालिका : कार्यालयकाे कुर्सीमै मस्त निन्द्रामा सुते कर्मचारी [भिडियोसहित]

जनकपुधाम । धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) राम सिंह मण्डल तथा कार्यालय सहयोगी राजेश्वरी यादव कार्यालय समयमा कुर्सीमै सुतिरहेको भिडियो प्राप्त भएको छ । इन्चार्ज मण्डल आफ्नो कार्यकक्षभित्र कुर्सीमै तथा कार्यालय सहयोगी यादव सेवाग्राहीलाई बस्न लाई राखिएको स्टील सोफामा सुतिरहेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

इन्चार्ज मण्डल त्यस नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक संजय मण्डल र सहसंयोजक रामदुलार यादवको नजिकको कर्मचारी मानिन्छन् । त्यस नगरपालिकामा पटक–पटक यस्तो लापरवाहीका गतिविधिहरु हुदै आएपनि मण्डल र यादवको नजिकका कर्मचारीलाई कसैले कुनै कारवाही गर्न सकेका छैनन् । स्रोतका अनुसार मण्डल र यादवले संरक्षण गरेको कर्मचारीले गल्ती गरेपनि कुनै प्रकारको कारवाही नहुनेमा ढुक्क रहन्छन् ।

भिडियाे :

https://www.facebook.com/nagarikmirror/posts/pfbid0R93eQCMaVvq9jjTqijLZ1U1N9h3Cm2zsa78RCjjemvz1669bVyZqVkBh9Q6fHoftl?__cft__[0]=AZU6A_GKAOT4MWpKB2WxnBQ4oV0AaToIbF-zwfRdoYFem8xC9oFvg7fogRWoFY2UVbt6nOrSKNxTHfjHhk518j70TkQfeEijlEQX8-H_-oFJboFgiznzd3ZpLtrX3qGSsHE2jvXYP_3jsPL0QE8CQybonoSykqqvNgdh6jNzR3TNAlO3pDN3X4Grnt_ze7BymQ8&__tn__=%2CO%2CP-R

त्यस नगरपालिकामा मेयर कारीराम यादव तथा उपमेयर रहिमा खातुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित छन् । मेयर यादव माओवादी नेता मातृका प्रसाद यादवका भाई हुन् । तर त्यहाँ काँग्रेस र एमाले निकट कर्मचारीको हालीमुहाली देखिएको छ ।

संयोजक मण्डल र सहसंयोजक यादवका कारण नगरपालिका तथा मेयरको बदनामी भइरहे पनि नगरपालिका तथा मेयरको यसप्रति ध्यान गएको देखिदैन । सबैला नगरपलिकाको स्वास्थ्य शाखामा बेथिति तथा अनियमितताको चाङ रहेको छ ।

प्रतिक्रिया
    ट्याग: