महानगरलाई अटेर गर्दै सडकमै सेभ द चिल्ड्रेनको पार्किङ्ग

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्देशनलाई अटेर गर्दै सेभ द चिल्ड्रेनले सकडमै आफ्नो सवारीसाधन पार्किङ्ग गर्ने गरेको पाईएको छ ।
आफ्नो पार्किङ्गलाई गोदाम बनाएर सेभका कर्मचारीहरूले सडकमै आ–आफ्नो सवारीसाधनहरू पार्किङ्ग गरेको भेटिएको छ । सेभको केन्द्रीय कार्यालय काठमाडौं शम्भु मार्गस्थित कृष्ण भवन अगाडी सडकमै पार्किङ्ग गरिरहेको छ ।
सेभले मनपरी रुपमा गर्दै आएको पार्किङ्गको विषयमा महानगर र ट्राफिक प्रहरी पनि मौन छ । सानालाई ऐन ठूलालाई चयन भने जस्तै यस संस्थालाई कसैले केही भनेको छैन् ।
‘हामी स–साना प्यापारीलाई मात्रै हो समस्या हुने, नजिकको एकजना व्यवसायी भन्छन्, ‘ठूला(ठूला अफिसलाई कसैले केही भन्दैन् ।’

सानो पुँजी लगाएर फुटपाथ तथा ठेलामा व्यापार गर्नेलाई हदैसम्मको कारवाही गर्ने महानगरले सेभको यो अटेरीलाई मुकदर्शन बनेर हेर्नु विभेदपूर्ण रहेको स्थानीय व्यापारीहरू बताउँछन् ।
महानगरले सेभको यो कार्य समयमै नरोके हामी प्रतिवादमा उत्रने एकजना व्यापारीले बताए । नाम नखुलाउने शर्तमा उनले भने, ुमेयर बालेनको निर्देशन हामीले मात्रै पालना गर्नुपर्ने यो कस्तो निर्देशन हो ।
‘हाम्रो पसल अगाडी पार्किङ्ग गर्यो भने ट्राफिकले समातेर लान्छ । नगर प्रहरीले उठाएर लान्छ । सेभको सामुन्नेमा रहेको एक पसलका सञ्चालिका भन्छिन्, ‘तर सेभका कर्मचारीले बिहानदेखि बेलुकासम्म सडकमै पार्किङ्ग गर्दा कसैले केही भन्दैन ।’
सेभका कर्मचारीहरूले आफ्नो कारहरू सडकमा पार्किङ्ग गरेपनि लोगोसहितको गाडी भने उनीहरूले आफ्नो कम्पाउण्डमै पार्किङ्ग गर्ने गरेका छन् । ताकि, सेभले सडकमा पार्किङ्ग गरेको विषयमा संस्था उपर कसैले प्रश्न खडा नगरोस् ।

नियम भनेको सबैका लागि समान हुन्छ । महानगर पार्किङ्गको विषयमा यस अघि कडा रुपमा प्रस्तुत हुँदै आएको छ । सरकारी निकायदेखि विभिन्न निजी कार्यालयमा महानगरले छापामार शैलीमै पार्किङ्गलाई व्यवस्थित बनाएको थियो ।







