मधेशका मुख्य न्यायधिवक्ताद्वारा मधेश आन्दोलनका शहिद पत्निमाथि यौन दुर्व्यवहार

जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले कार्यालयकै एकजना महिला कर्मचारी उपर हिंसा गरेको रहस्य सार्वजनिक भएको छ ।
मुख्य न्यायधिवक्ता कार्यालयमा कार्यरत कार्यालय सहयोगी उपर मुख्य न्याधिवक्ता ठाकुरले यौन दुर्व्यवहार गरेको खुलेको हो ।
मुख्य न्यायधिवक्ता ठाकुरले मधेश आन्दोलनका सहिद परिवारबाट कार्यालय सहयोगीको जागिर पाएक एकजना कर्मचारी उपर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
कार्यालय स्थापनाकालदेखि नै मुख्य न्याधिवक्ता कार्यालयमा कार्यरत उनी उपर मुख्य न्यायधिवक्ता ठाकुरले पटक–पटक दुर्व्यवहार गर्दै मानसिक यातना दिएको बताएकी छिन् ।
मधेश प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु, उनले भनिन, ‘तर ठाकुर सरले मलाई जहिल्यै गलत नजरले हेर्नुहुन्छ । लाजले आफूले यो कुरा अहिलेसम्म कसैलाई भन्न नसकेको थिइन।’
उनी भन्छिन्, ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माईल ल्याउ भन्नु हुन्छ,’ उनले थपिन्, ‘उहाँले भन्नुहुन्छ तिम्रो सबै थोक ठिक छ । मैले जे भन्छु त्यो गर । मैले भनेको मान ।’
यसअघि सोधपुछ कक्षमा मात्रै काम गरिरहेको उनलाई कामको भार पनि मुख्य न्याधिवक्ताले थपिदिएको उनले बताईन् । उनले भनिन्, ‘कामको भार थपे पनि काम गरि नै रहेको छु । तर पनि उहाँले फेसमा स्माईल ल्याएन भने काम गर्न नआउनु भनेर भन्नुहुन्छ ।’
असार मसान्तसम्म मात्रै करार अवधिको म्याद रहेको उनको श्रावण पछि कुनै पनि हालतमा म्याद नथप्ने भन्दै मुख्य न्याधिवक्ताले उनलाई धम्काएको बताईन् ।
यहाँ काम गर्न मलाई एकदम असहज भएको छ, उनी भन्छिन्, ‘मुख्यमन्त्री सरलाई एक पटक मौखिक रुपमा भन्दा म उसलाई सम्झाउँछु भन्नुभयो । तर, फेरी म माथि त्यस्तै व्यवहार भयो ।
मुख्यमन्त्री सरलाई भनेपनि त्यस्तै व्यहार गरेपछि उनले २०८० श्रावण १४ मा मुख्यमन्त्रीलाई लिखित रुपमै मुख्य न्याधिवक्ता विरुद्ध निवेदन दिन गए । तर पुनः मुख्यमन्त्रीले म सम्झाउँछु भन्दै निवेदन दर्ता नगरी उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काए ।
‘यहाँ कसैको चल्दैन । म हो यहाँको राजा । शहिद फहिद केही होईन । आन्दोलनमा चोर फटाहाहरु म¥यो अनि शहिद भयो – यस्ता किसिमका शब्दहरु मुख्य न्याधिवक्ताले शहिद परिवार उपर प्रयोग गरी दुव्र्यव्यवहार गर्ने गरेको कर्मचारी यादवले बताईन् ।
साउन १२ गते कार्यालय समय समाप्त भएपछि आफ्नो कार्यकक्षमा बोलाएर मुख्य न्याधिवक्ता ठाकुरले मैले भनेको नमानेको खण्डमा कुनै पनि हालतमा करारको म्याद नथप्ने भनेर भनेको कार्यालय सहयोगी उनले बताईन् ।
यता मुख्य न्यायधिवक्ता विरेन्द्र कुमार ठाकुरले आफु माथि लगाएको आरोप निराधार रहेको बताए । उनले भने, एकचोटी मैले सर्वोच्च अदालतको महत्वपूर्ण कागजात उनलाई राख्न दिएको थिए । तर, उनले हराईदियो । त्यसपछि म कराएपछि उनले म माथि यस्तो आरोप लगाएको छ । र श्रावण १६ गते उनले अनुमति विना भिडियो खिचेपछि मेरो अंगरक्षले मेरो मोबाईल खोसेको थियो । र कार्यालयको कर्मचारीको रोहबारमा मुचुल्का गरी मोबाईल दियो ।
यद्यपि मुख्य कुरा श्रावण १२ गतेको वादविवाद लगायतका विषयमा बुझ्न खोज्दा उनले कुरा गर्न मानेनन् ।
कार्यालय सहयोगी यादवले श्रावण १४ गते दोश्रो पटक मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन निवेदन दिएपछि मुख्य न्यायधिवक्ताले फेरी उनलाई दुव्र्यव्यहार गरे । कार्यालयमा सीसीटिभी क्यामरा जडान भएपनि चालु अवस्थामा छैन् ।
कार्यालय सहयोगी अनिलाले मुख्य न्यायधिवक्तालाई कारवाही गर्न मुख्यमन्त्रीलाई लिखित रुपमै दिएको जानकारी पाएपछि फेरी उनी उपर दुर्व्यवहार भएको बताईन् । उनी भन्छिन्, ‘आफूमाथि पटक–पटक हिंसा गरिरहेको मुख्य न्यायधिवक्तालाई कारवाही गर्न निवेदन दिएपछि श्रावण १६ गते शुक्रबार पुनः उनले आफ्नो कार्यकक्षमा बोलाए ।’
मुख्य न्यायधिवक्ताले उनलाई बोलाउँदा उनी आफूलाई असुरक्षित महसुस गर्दै मोबाईलमा भिडियो रेकर्ड गरेको बताईन् । भिडियो रेकर्ड गरेपछि मुख्य न्याधिवक्ताले आफ्नो अङ्गरक्षक लगाएर मेरो मोबाईल समेत खोस्न लगाएको उनले बताईन् । त्यसपछि रेकर्ड गरिएको भिडियोहरू डिलीट गरेर मलाई उनले मेरो अनुमति विना भिडियो रेकर्ड गर्यो भनेर कागजमा हस्ताक्षर पनि गराएको उनले बताईन् ।
मुख्य न्यायधिक्ताको अङ्गरक्षक सत्यम झाले मोबाईल खोसेपछि पुलिस लगाएर पक्राईदिन्छु भन्दै धम्की समेत मुख्य न्यायधिवक्ताले दिएको उनले बताईन् ।
कार्यालय सहयोगी आज(शुक्रवार) १०ः२५ मा कार्यालयमा जाँदा आफ्नो अङ्गरक्षक लगाएर झोला चेक गरेर मात्र कार्यालयमा प्रवेश गर्न दिएको उनले बताईन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले शहिद परिवारलाई प्रदेश सरकारले दिएको जागिर कसैले भन्दैमा नखोसिने प्रतिक्रिया दिएका छन् । उनले शहिद परिवारलाई प्रदेश सरकारले सम्मानका साथ उच्च प्राथमिकतामा राखेको बताए ।
‘सुरुमा मलाई ती कर्मचारीले आफ्नो गुनासो गरेपछि कर्मचारीलाई कुनै किसिमको यातना नदिन मुख्य न्यायधिवक्तालाई भनेको थिए,’ मुख्यमन्त्री सरोजकुमार यादव भन्छन्, ‘फेरी श्रावण १४ गते ती कर्मचारीले आफु समक्ष निवेदन दियो । फेरी त्यो विषयमा बुझिरहेको छु।’
‘प्रदेशमा खडेरी लगायतको विषयमा सङ्घीय सरकारसँग छलफल गर्न आज काठमाडौं जादैछु, उनले भने, ‘पर्सि उताबाट आउँछु । अनि दुवै पक्षलाई पालो पालो बोलाएर, त्यस कार्यालयका अन्य कर्मचारीहरुसँग र त्यसपछि दुबैजनासँग पनि कुरा गरेर दोषी मुख्य न्यायधिवक्ता भए उनैलाई नभए गल्ती गरेको पाईएमा शहिद परिवारलाई पनि कारवाही गरिनेछ ।’
यसअघि लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवारका एक एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप उनलाई कार्यालय सहयोगी पदमा त्यसबेला नियुक्ति दिएको थियो ।
सरकारको मुख्य न्यायधिवक्ताको रुपमा अधिवक्ता दिपेन्द्र झा नियुक्त भएर शपथ ग्रहण गरेपछि त्यस कार्यालयमा पहिलो नियुक्ति उनलाई नै गरेको थियो ।
‘मेरो जन्म थलो पालिकाकै उनी छिन् । उनी व्यवहारिक रुपमा अनिला एकदम राम्री स्वभावकी छिन्,’ मधेश प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता दिपेन्द्र झा भन्छन्, उनी सबैभन्दा उत्कृष्ट र राम्रो कर्मचारी छिन् । म सँग ५ वर्ष काम गर्यो सधै टाईममा आउँने सधै टाईममा जाने गर्थिन् । अरु कर्मचारीहरुको गुनासो भएपनि अनिलाको सन्दर्भमा मसँग कुनै गुनासो नै छैन् ।’
शहिद रामविवेककी पत्नी उनको एउटा छोरा छ । छोरा ७ महिनाको पेटमै हँदा उनको श्रीमान् २०७२ साल भदौ २३ गते अधिकारको लागि गरिएको मधेश आन्दोलनको बेला प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको थियो । श्रीमान्को मृत्युपछि २०७२ कार्तिक ११ गते उनको छोराको जन्म भएको थियो ।
‘हाम्रो लागि अनिला भगवान सरह नै थियो । किनेभने एक त शहिद परिवार । जसको श्रीमान्को त्यागको बलमा संघीययता प्राप्त भएको छ, पूर्व मुख्य न्यायधिवक्ता झा भन्छन्, मैले उनलाई देवता सरह नै मानेको थिए । अर्को कुरा नवविवाहितै बेला मधेश आन्दोलनमा श्रीमान्को मृत्यु भईसकेपछि यतिकै पनि मानसिक रुपमा कमजोर भए हुनाले उनलाई म प्राथमिकतामै राख्थे । भावनात्मक रुपमा नभई उनको स्वभावले गर्दा पनि ।’
उनका अनुसार पाँच वर्षको अवधिमा अनिला मेरो मातहतमा रही काम गर्दा मैले लगाएको अर्हाएको महत्वपूर्ण कार्यहरु गर्थ्यो । त्यस अवधिमा उनको काममा पनि केही गुनासो नरहको पूर्व मुख्य न्यायधिवक्ता झाको भनाई छ ।
उक्त कार्यालयमा अनिला मात्रै होईन मुख्य न्यायधिवक्ताबाट अन्य कर्मचारीहरु पीडित रहेको नाम नखुलाउने शर्तमा बताए । मुख्य न्यायधिवक्ता प्राय धम्की शैलीमा बोल्नु हुन्छ ती कर्मचारीहरु बताउँछन् ।
यसरी मुख्य न्यायधिवक्ताले अनिलाको आरोप अनुसारको दुव्र्यवहार गरेको छ भने उनी सरकारबाट बर्खास्त हुनुको साथै पीडितले सम्बन्धित निकायमा उजुरी गरे मुलुकी अपराध संहिता २०७४ को दफा २२४ मा उपदफा १ बमोजिम दोषी ठहर भई कारवाही हुनसक्नेछ । कानून विज्ञका अनुसार यदि पीडितले घटना घटेको तीन महिना हदम्याद रहँदा उजुरी गरेको छ भने ।
उनका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को उपदफा २ मा कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने व्यवस्था रहेको छ ।






