वरिष्ठ पत्रकार नेपालीको निधनप्रति मधेस सरकारका प्रवक्ताद्धारा दुख व्यक्त

जनकपुरधाम । मधेस प्रदेश सरकारका अर्थमन्त्री एवंम् प्रवक्ता संजयकुमार यादवले प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवंम् साहित्यकार राजेश्वर नेपालीको निधनप्रति दुख व्यक्त गरेका छन् ।
देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएको नेपालीको निधनप्रति अर्थमन्त्री यादवले दख व्यक्त गरेका छन् ।
आफ्नो आधिकारीक सामाजिक सञ्जालमा उनले लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित लोकतान्त्रिक आन्दोलनका योद्धा, नेपाली र मधेश पत्रकारिताको धरोहर एवंम अध्ययनशील, सरल स्वभावका मृदुभाषी स्वतन्त्र सेनानी राजेश्वर नेपालीको उपचारको क्रममा धनुषाको जनकपुरधामा निधनले दुखिद भएको लेखेका छन् ।
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवार प्रति हार्दिक सम्वेदना समेत प्रकट गर्दछु’ उनले भनेका छन् ।






