सिके राउत महेन्द्रनगर आउँदै

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भोलि धनुषाधामको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आउन लागेका छन् ।
महेन्द्रनगरस्थित डिहवार थान तरकारी बजारमा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन।
जनमत पार्टी धनुषाले आयोजना गरेको वृहत् पार्टी प्रवेश आमसभा कार्यक्रम भोलि १२:३० बजेदेखि सुरु हुने जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष बिरेन्द्र कु यादवले जानकारी दिए।
अध्यक्ष डा.सीके राउत आफैं आउने भएपछी सयौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुले पार्टी प्रवेश गर्ने नेता यादवले भने ।
प्रतिक्रिया






