मधेसका स्वतन्त्र प्रदेश सांसद यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न अदालतको आदेश

जनकपुरधाम । मधेस प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंहलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
हत्या अभियोगमा सोमबार प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । कर्तव्य ज्यान डाँका मुद्धामा न्यायधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित उनलाई प्रहरीले राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो ।
सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी लगत्तै थुनामा लगिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिएको छ ।
माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । १६ वर्षअगाडि नेता चौधरीको हत्या भएको थियो ।






