वनमन्त्री डा.महतोसहितका जनप्रतिनिधि हराएको सूचना एकाबिहानै सार्वजनिक भएपछि….

जनकपुरधाम । निर्वाचित जनप्रतिनिधिप्रति उनका मतदाताले आक्रोश पोख्नु स्वभाविक हो । आक्रोश पोख्न सक्ने उनीहरूको अधिकार पनि । आफ्नो अमूल्य मत दिएर निर्वाचित गराएका जनताले आफ्ना जनप्रतिनिधिहरूलाई खबरदारी गराउन पाउने अधिकार संविधानबाट नै पाएका छन्।

जनताले आफ्नो मत दिएर जिताएका तीनिहरूलाई खबरदारी र घचघचाउने काम गरेन भने उनीहरू छाडा हुनसक्ने विश्लेषकहरू बताउँछन् । त्यसकै फलस्वरुप शुक्रबार एकाबिहानै सामाजिक सञ्जालमा जनप्रतिनिधि हराएको भनेर सार्वजनिक रुपमा एउटा सूचना आयो । के हो हेर्दै जाँदा सिरहा निर्वाचन क्षेत्र नं.४ बाट प्रतिनिधि सभातर्फ निर्वाचित भएका डा.विरेन्द्र महतो, प्रदेश सभा तर्फ निर्वाचित त्रिभुवन कुमार साह र रामबाबु यादव हरायो भनेर सूचना प्रकाशन भएको रहेछ ।

सङ्घीय सरकारमा वनमन्त्री तथा वातावरण मन्त्रीसमेत रहेको महतो, मधेस प्रदेश सरकारमा निर्णायक भूमिका रहेका जनमत पार्टीबाट निर्वाचित त्रिभुवन साह र लोसपाबाट निर्वाचित रामबाबु यादव हराएको भनेर सूचना प्रकाशन गरिएको छ । सोही निर्वाचन क्षेत्रका केही बुद्धिजीवि युवाहरूले सञ्चालन गरेको एक फेसबुक पेजमार्फत उनीहरूले आफ्नो आक्रोश व्यक्त गरेका छन् । सार्वजनिक उक्त पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ ।

मुलुक विभिन्न समस्याबाट गुज्रिरहँदा चुनावको बेला जनतालाई दिएको वाचाहरू पूरा नभएपछि जनता आक्रोशित हुन्छन् नै । आक्रोश स्वरुप सरकारको नेतृत्वदायी भूमिकामा रहेका उनीहरूप्रति सूचनामा लेखेका छन्, ‘यिनीहरू जितेर गएको एक वर्ष हुन लाग्यो । न सदनमा बोल्छ, न विकास गर्छ र न जनताको सुखदुखमा छ । भगवान भरोसे जिरहा है यहाँ के जनता ।’

ठगेर गएपछि युवाहरू किन आक्रोशित नहुने ? मिर्चैया नगरपालिकाका युवा राजाराम यादवले प्रश्न गर्छन् । मिर्चैया नगरपालिकामा स्वतन्त्र रुपमा मेयरमा चुनावसमेत लडेका उनी भन्छन्, ‘यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरू चुनावको समय विभिन्न किसिमको झुठा मुद्दा, झुठा नारा, चाहे विकास, रोजगार वा समृद्धिको होस्। कुनै पुरा गरेनन त्यसकै फलस्वरुप जनप्रतिनिधि सामाजिक सञ्जालमा खोज्दैछन् युवाहरू ।’

उनीहरू जितेर गएपछि केही गर्दैनन जितेर गएपछि फर्केर आउँदैन । आएपनि आम जनताको बीचमा जाँदैन । सिमित नातेदारको धेरामा, तस्कर दलालको धेरामा, पार्टी पंक्तिको धेरामा जान्छ तर चुनाव जस्तो जनताको घरमा कहिलै नगएको उनको आरोप छ ।

उनले चुनावको बेला जनताको घर घरमा पुग्ने ती नेताहरु जितेपछि कहिले जनताको घर दैलौमाआरोप लगाएका छन् । आज उनीहरुकै कारण आज पढेलेखेको युवाहरू पलायन हुने अवस्था सिर्जना भएको उनी बताउँछन् । जनता अनेकन समस्याबाट धेरिँदा पनि अमूल्य मत लिएर जितेका जनप्रतिनिधिले जनतालाई नहेरेपछि उनीहरू निरास छन् ।

अहिलेको चुनावी प्रकृया नै गलत रहेको सोही क्षेत्रका बुद्धिजीवि काशिन्द्र कविर बताउँछन् । उनी भन्छन्, ‘अहिले हामी जुन चनावी प्रकृयामा छौं । प्रतिनिधि छनौटको जुन प्रकृया छत्यो नै गलत छ । समाजको बनौटसँग कम्पयाटिबल नै छैन् । अपेक्षा हाम्रो धेरै हुन्छ । तर, जुन प्रकृया जुन धरातमा जनप्रतिनिधिहरूको छनौट हुन्छ त्यो कही न कही समतुल्य छैन् । त्यसकारणले अहिले जनतामा आक्रोश आउनु स्वभाविक हो ।’

अर्को पैसा, शक्ति र जातको प्रभावले पनि असल नेतृत्व नचुनिदा यस्तो अवस्था सिर्जना भएको उनको बुझाई छ । राजनीतिशास्त, समाजशास्त्र र रुलर डेभलमेन्ट गरी तीनवटा विषयमा मास्टर डिग्री गरेका कविरले राम्रो जनप्रतिनिधि छनौट भएपनि यो सिस्टमबाट जनतामा निर्माण भएको सपना पुरा हुने अवस्था नभएपछि पनि जनता आक्रोशित अवस्था आएको बताए ।

यता अरु ठाउँमा भएको सिस्टम यहाँ पनि ठिक हुन्छ भनेर अबलम्बन गर्दा यस्तो अवस्था सिर्जना भएको उनले बताए । उनले भने, सबै समाजको आफ्नो विशेषता हुन्छ । हाम्रो समाजमा राजनीति धेरै भयो । यसलाई न्यूनिकरण गर्न आवश्यक छ । कविर भन्छन्, अहिले जसलाई हामी नेता भन्छौं । त्यो नेताभन्दा पनि दलाली गर्दैछन् । सत्ताको दलाली चापलुसी । त्यसैले राजनीति चरित्र भएका व्यक्तिहरु विस्तारै विस्तापित हुँदैछ । दलाली गर्न सक्ने मान्छे सबै क्षेत्रमा हाबी हुँदैछ ।

यसले गर्दा मुलुकमा अहिले अझै दुर्शसा हेर्न हामी बाँकी छ, उनले भने, जुन हिसाबले पार्टी भनेको गिरोह र नेता सरदार भएको छ । उनीहरु जे चाहन्छन् त्यो गर्छन् । जुन नेतृत्व वर्गको नेता छन् ।

निर्वाचित भएर गएपछि जनता भेट्न मुस्किल भएको उनीहरु प्रतिको आक्रोश यो सूचना हो, सो क्षेत्रका युवा नेता कपिलदेव साह बताउँछन् । उनी भन्छन्, उहाँहरूको निर्वाचन पछि जुन जनतासँग हुनुपर्ने लगाब हो त्यो हराएको महसुस हुँदैछ । ४ नम्बर क्षेत्रमा ४१ वटा वडा, ३ नगरपालिका २ वटा गाउँपािलकाको ३३ वटा वडा मिलेर बनेको निर्वाचन क्षेत्र हो । जितेको जनप्रतिनिधिले आफ्नो जनप्रतिधिप्रति ठुलो आशा राखेको हुन्छ । जुन उनीहरु पुरा गरेको छैन् । यो क्षेत्र जनप्रतिनिधि बिहिन भएको महसुस भईरहेको छ ।

निर्वाचन अघि शिक्षा, स्वास्थ्य र कृषि विकास गर्छु भनेका नेताहरू गायब भएपछि हामी निरास भएको उनी बताउँछन् । उनले भने, जनताले उनीहरूसँग केही मागेको छैन् । उनीहरूले भनेझै शिक्षा, स्वास्थ्य किसान र युवालाई रोजगारको समस्या समाधान गरिदिए पुग्छ ।

उनीहरूको छोरा छोरी यहाँ पढ्दैन । उनीहरूको घरपरिवार यहाँ उपचार गराउदैनन् । अनि उनीहरुलाई यहाँको शिक्षा र स्वास्थ्य सँग किन मतलब राख्छ, युवा नेता साहको आरोप छ । उनीहरूलाई लाग्छ आफ्नो छोरा छोरी पढ्यो स्वास्थ्योपचार पायो भने पुग्यो अनि अरुको लागि किन गरोस् । तर, यस निर्वाचन क्षेत्रको ४ सय ६३ वटा टोलको गरिब, दलित, आदिवासी र जनताती सबैको छोरा छोरी स्कुल जानुपर्यो भन्ने भावना उनीहरुमा आउनु पर्छ र उनीहरूको यो भावनात्वले जनतामा उत्साह सिर्जना हुन्छ । अनि मात्रै जनताले जिताएको आफ्नो जनप्रतिधिमाथिको आक्रोश अन्त्य हुन्छ ।

प्रतिक्रिया