नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।

मुलुक संघीय संरचनामा गएपश्चात पहिलो पटक हुन लागेको अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम आउने कार्यक्रम रहेको छ। ऊनी साढे१० बजेको यति एयरलाइन्सबाट जनकपुरधाम आउने कार्यक्रम रहेको जनाइएको छ ।

अध्यक्ष ओलि जनकपुरधाम आएर मधेस प्रदेशस्थित पार्टी कार्यालय मिथिला भवनको उद्घाटन गर्नेछ । त्यसपछि साढे १२ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन गर्नेछ ।

अधिवेशनमा सहभागी हुन मधेस प्रदेशका ८ वटै जिल्लाका प्रतिनिधि जनकपुरधाम आइरहेको छ।दु दिनसम्म चल्ने अधिवेशनमा ६० हजारभन्दा सदस्य मध्ये १ सय ३६ पालिका, २३ जनसङ्गठन, ८ प्रदेश विभागका सदस्यले चुनेको १ हजार २७ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।अधिवेशनले एक हजार २१ जना प्रतिनिधिले पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्नेछ।

प्रदेश अध्यक्षका लागि चारजना आकाङ्क्षी देखिएका छन्। अध्यक्षका लागि लक्ष्मिनाराय यादव, राजकिशोर यादव, चन्देश्वर मण्डल, राजनारायण साह आकाङक्षी देखिएका छन्। यस्तै सर्वसम्मत हुने हो भने मधेस प्रदेशको वर्तमान अध्यक्ष रामऔतार यादवसमेत चयन हुन सक्ने पार्टी निकट श्रोतले जनाएको छ ।

पार्टीको केन्द्रिय सचीव रघुवीर महासेठ, मधेस प्रदेशका दलका नेता सरोजकुमार यादव र प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले आ-अफ्नो निकट नेतालाई अध्यक्ष बनाउन प्रयासरत रहेको बुझिन्छ । यद्यपि यहाँ सर्वसम्मत गर्ने प्रयासमा केन्द्रिय नेताहरु लागिरहेको छ । तर उम्मेदवारहरु बीच सहमति हुन नसक्दा निर्वाचन नै हुने सम्भावना उच्च रहेको पार्टीका प्रदेश मनोज खड्काले जनाएको छ ।

प्रतिक्रिया
    ट्याग: