वाइडवडी जहाज लिएर नेपालीको उद्धारका लागि मन्त्रीसहितको टोली इजरायलका लागि प्रस्थान

परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली इजरायलमा फसेका नेपाली नागरिकको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानमा मन्त्री साउदसहितको टोली आज बिहान मात्रै इजरायलका लागि प्रस्थान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता एवं उपनिर्देशक जगननाथ निरौलाले इजरायलमा फसेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउदसहितको टोली आज बिहान ३ बजे दुबई हुँदै इजरायलका लागि प्रस्थान गरेको बताए।

उनले ७÷८ घन्टा इजरायल पुग्न लाग्ने र भोलि बेलुकासम्म मात्रै टोली नेपाल फर्किने पनि बताए।

हिमालयन एयरलाइन्सको विमान पनि पठाउने सरकारको तयारी भएपनि अहिले तत्काललाई नेपाल एयरलाइन्सको वाइडबडी विमान मात्रै पठाइएको उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न निकायले सरकारलाई इजरायलमा फसेका नेपालीहरूको तत्काल उद्धार गरेर स्वदेश फर्काउन निर्देशन र आग्रह गरेपछि परराष्ट्र मन्त्रीसहितको टोली गयराति त्यसतर्फ गएको हो।

चार हजार पाँच सय नेपाली रहेको इजरायलबाट सुरुमा विद्यार्थीलाई प्राथमिकतामा राखेर सरकारले उद्धार गर्न लागेको हो। अहिलेसम्म २ सय ८८ जना नेपालीले स्वदेश फर्कन चाहेको जानकारी मन्त्रालयले दिएको छ।

बुधवार पत्रकार सम्मेलन गरी इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै मृत्यु भएका १० जना नेपालीहरू शव नेपाल ल्याइने जानकारी गराएका कारण शव ल्याउन केही समय लाग्ने बताएको छ।

प्रतिक्रिया
    ट्याग: