मधेस आन्दोलनमा ‘केपी ओली’ को पुत्ला जलाउने ‘हिरा’ लाई एमालेले पत्याएन

जनकपुरधाम । मधेस आन्दोलनको बेला एमालले अध्यक्ष केपी ओलीको पुत्ला जलाएका शिवशंकर साह ‘हिरा’ लाई पार्टीले पत्याएन । गत असोज २४ गतेदेखि चलेको एमालेको प्रदेश अधिवेशनको बन्द सत्रमा उनको नाम प्रदेश सचिवमा करिब सर्वसम्मत भईसक्दा पनि अन्तिम सयमा भने हटाईयो ।
मधेस केन्द्रित दल हुँदै सकृय राजनीतिमा प्रवेश गरेको ‘हिरा’ पछिल्लो २०७९ को स्थानीय तह चुनावमा नेकपा एमालेमा प्रवेश गरे । पार्टीका केन्द्रिय सचिव रघुवीर महासेठको पहलमा उनी एमालेमा प्रवेश गरे । लगत्तै स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि उठे ।
निर्वाचनमा नेपाली काँग्रेसबाट बागी उठेका मनोजकुमार साह सुडी निर्वाचित भएपनि हिरा भने दोश्रो स्थानमा रहे । उनी जित्ने पक्का कै थियो । तर, केही दिनअघि मात्रै एमालेमै मेयरको टिकट पाउँने आश्वासन पाएर एमाले प्रवेश गरेका जानकीराम साह स्वतन्त्र उठेपछि हिरा अन्ततः हारे । ‘हिरा’ स्थानीय तहको निर्वाचन २०७९ मा ३ हजार ९३३ मतले पराजित भए ।
मधेस प्रदेश कमिटीमा चयन भएका एकजना प्रदेश कमिटीका सदस्य भन्छन्, ‘हिरा’ अहिले पार्टी सचिव हुने खालको वहाँको लगानी नै थिए । हामीले पनि विरोध गर्यो । उनलाई सचिवमा राख्न पाईदैन् भनेर । उनका अनुसार हिराको विरोध हुँदै गर्दा मधेस आन्दोलनको बेला केपी ओलीको पुत्ला जलाउने उनैलाई यति छिट्टो पार्टीले पत्याउनु पर्दैन भन्ने आवाज पनि उठेको थियो । ‘हिरा’ लाई पार्टीका केन्द्रिय सचिव रघुवीर महासेठले प्रदेश सचिवमा अगाडी सारेको थियो । अन्तिम समयसम्म महासेठले उनलाई सचिवमा राख्नै पर्ने अडान राखेपनि पार्टीको नेता कार्यकर्ताहरुको विरोधले अन्ततः पार्टीको सचिव हुनबाट बञ्चित भए ।
‘हिरा’ लाई रघुवीर महासेठबाहेक कसैले बोकेन केन्द्रिय प्रचार प्रसार विभागमा एकजना सदस्य बताउँछन् । महासेठ पनि व्यापारी घारकै मान्छे भएकोले हिरासमेत व्यापारीले नै रहेको हुँदा उनलाई महासेठले नै बोके । हिरा पोलिटिकल क्याडर पनि होईन । व्यापारबाट आएका मान्छे । अझै व्यापार नै गरिहरको छ । त्यसैले उनलाई सचिव दिनु हुँदैन भन्ने चर्को विरोध पश्चात उनी बञ्चित भए ।
मधेस प्रदेशका दलका नेता एवं प्रदेशसभा सदस्य सरोजकुमार यादव लगायतका टिमले शुद्ध राजनीति गर्ने व्यक्तिलाई सचिव पद दिनुपर्छ भनेर विरोध गरेपछि हिरा सचिव भएन उनले भने । हिरालाई मुख्यतः मधेस आन्दोलनले पनि सचिव बन्न बाधा भएनै ।
पार्टीका ती सदस्य भन्छन्, रघुवीर बाहेक हिराको सबैले विरोध गरेको थियो ।
मधेस आन्दोलनताका केपी ओलीलाई गोली हान, गोलीको पैसा म दिन्छु, आक्रोसमा यस्ता खाला अभिव्यक्तिहरु समेत हिराले दिएको उदृत गर्दै एमालेका एकजना नेताले बताए ।
हिराको विरोध सहमति जुटाउने शिर्ष नेताहरु समक्ष यावत कुराहरुलाई नै लिएर भएको प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका दलका नेता सरोजकुमार यादवले स्वीकारे । तर हिरा भन्दा सिनियर र पार्टीमा उभन्दा लगानी पनि बढी देखिएकोले सो मध्यनजर गर्दै मनोज पौडेललाई सचिवको जिम्मेवारी दिईएको यादवले बताए ।
पौडेल जिल्ला कमिटीका सचिव भएका हुन् । पार्टीमा उनको लगानी करिब दुई दशक लामो समयदेखि छ ।
यता शिवशंकर साह हिराले यसमा केही सत्यता नरहेको बताएका छन् । यो गलत हल्ला फैलाएको छ, उनी भन्छन्, म सुरुदेखि नै पदाधिकारीमा जादिन भनेर मनसायमा थिए ।






