एमाले सिरहाको कार्यवाहक अध्यक्षको जिम्मेवारी डा. नवीनलाई

जनकपुरधाम । नेकपा एमालेको सिरहा जिल्ला अध्यक्षको जिम्मेवारी डा. नवीनकुमार यादवले पाएका छन् । सिरहा नगरपालिकाको मेयरसमेत रहेको डा. यादवले कार्यवाहक अध्यक्षको जिम्मवारी पाएका हुन् ।
केहीदिन अघि जनकपुरधाममा सम्पन्न पार्टीको प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल चयन भएपछि उपाध्यक्ष रहेको उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
बिहिबार उनलाई पार्टीले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया






