विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव

जनकपुरधाम । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताह व्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव कार्यक्रम मनाउने कार्यक्रम रहेको छ ।

तिल्कोत्सवमा भगवान रामलाई तिलक लगाउने कार्यक्रम हुनेछ । जानकी मन्दिरका छोटे महन्थ राम रोशन दाशले राम मन्दिरको प्राङगनमा अपरान्ह १ बजे पछि तिलकोत्सव कार्यक्रम हुने जनाएका छन ।

तिलकोत्सव कार्यक्रममा मिथिला दरवारको प्रतिनिधित्व गर्ने जानकी मन्दिरबाट बाजागाजाका साथ अयोध्या मन्दिरको प्रतिनिधित्व गर्ने राममन्दिरमा विभिन्न प्रकारमा फलफूल तथा विभिन्न परिकारका मिठाईहरु डालामा राखी पठाउने परम्परा रही आएको छ ।

तिलकोत्सव पछि भोली मटकोर कार्यक्रम गरिनेछ भने आईतबार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ ।

प्रतिक्रिया