एमाले सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा दिए निवेदन

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएको सांसद कोइरीले जानकारी दिएका छन् ।

उनले भने, ‘अदालतबाट निर्दोष भएपछि मेरो निलम्बन फुकुवाका लागि निवेदन दिएको छु । अब प्रक्रिया सुरु हुन्छ भन्नुभएको छ ।’

कोइरीले कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाको पत्र दिएका हुन ।

उनीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया