मधेशी भएकै कारण विभेद गरेको भन्दै एसएसपीबाट राजीनामा दिएका द्विवेदी जनमतमा प्रवेश

काठमाडौँ । राजीनामा दिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पार्टी अध्यक्ष डा.सीके राउतले उनलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

२०७८ कात्तिकको अन्तिम साता एसएसपीमा बढुवा भएका पर्साका द्विवेदीले छ महिना अगाडि आफ्नो पदबाट राजीनामा दिएका थिए । १३ जना डीआइजी बढुवा हुँदा त्यसमा आफ्नो नाम नपरेको भन्दै उनले राजीनामा दिएका थिए ।

उनले आफू मधेशी भएकै कारण डीआइजीमा बढुवामा विभेद गरिएको गुनासो गरे । जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण आफू सो पार्टीमा प्रवेश गरेको उनले बताए । अब आफू त्यस्ता विभेदका विरुद्ध लड्ने उनले बताए ।

प्रतिक्रिया