इमरान खानको उम्मेदवारी रद्द, आगामी चुनाव लड्न नपाउने

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द गरिएको छ।

पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख खानको उम्मेदवारी रद्द गरिदिएको छ। उम्मेदवारी रद्द भएसँगै उनी आगामी चुनाव लड्न नपाउने भएका छन्।

बीबीसीका अनुसार पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जामनले आफ्नो सामाजिक सञ्जाल एक्समा यसको जानकारी दिएका हुन्।

पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी पत्र चुनाव आयोगले शनिवार ठूलो सङ्ख्यामा खारेज गरेपछि पार्टीले त्यसको विरोध समेत गरेको छ।

पाकिस्तानमा आगामी ८ फेबु्रअरीमा आम चुनाव हुन लागेको छ। जसका लागि शनिवार उम्मेदवारहरूका लागि उम्मेदवारी दिने अन्तिम दिन थियो।

प्रतिक्रिया