दाङमा बस दुर्घटना : २० घाइते, २ को अवस्था गम्भीर

दाङ । दाङ बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब १५ २० जना घाइते भएको र घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार हालसम्म दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

उनले भने, ’बसमा करिब ३० ३५ जना यात्रु सवार थिए। जसमा १५ २० जना घाइते भएका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तर, २ जना बलि बढी घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।’

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए।

प्रतिक्रिया