हिउँले जमेको नदीमाथि जब विमान अवतरण गराइयो…

रूसमा एउटा विमान नदीमा अवतरण गराइएको छ।

पाइलटले एअरपोर्ट र नदी छुट्याउन नसक्दा पोलार एयरलाइन्सको एउटा जहाज नदीमा अवतरण गराइएको रोयटर्सले जनाएको छ।

कोलि नामक नदीमाथि अवतरण भएको उक्त जहाज भने सकुशल रहेको छ। नदीमा हिउँ जमेका कारण कुनै अप्रिय घटना भने नभएको बताइएको छ।

विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए ।

चारैतिर बाक्लो हिउँ रहेको र नदी समेत अत्यधिक चिसोका कारण जमेर माथि हिउँ भरिएको कारणले गर्दा जहाज चालकले रनवेको भेउ पाउन नसकेको बताइएको छ ।

प्रतिक्रिया
    ट्याग: