भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, मन्त्री साउदले गरे स्वागत

काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर काठमाडौं आइपुगेका छन्।

भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान अहिले बिहान ९ बजेर ३१ मिनेटमा उनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। उनलाई नेपालका परराष्ट्र मन्त्री एनपी साउद, सचिव सेवा लम्साल लगायतले विमानस्थलमा स्वागत गरेका छन्।

भारतीय विदेशमन्त्री जयशंकर दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका हुन्। नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनको उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया