राष्ट्रिय टिमबाट सन्दीप निलम्बित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछाने नेपाली राष्ट्यि टिमबाट आउट भएका छन्।

क्यानले आज सूचना जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय पाएका लामिछानेलाई क्रिकेटको सबै खेलबाट निलम्बन गरेको हो।

क्यानको सूचनामा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ।’

प्रतिक्रिया