अवैध उत्खनन गर्ने नौ टिफर नियन्त्रणमा

जनकपुरधाम । महोत्तरीमा प्रहरीले अवैध रुपमा उत्खनन नदीजन्य पदार्थ उत्खनन गर्ने नौ वटा टिफर नियन्त्रणमा लिएको छ ।

बिहिबार साँझ साढे ७ बजेको समयमा महोत्तरीको बर्दिवास नगरपालिका ४ स्थित रहेको जंगहा खोलाबाट अवैध रुपमा ढुङगा, गिट्टी, बालुवा ,ग्रेवल र माटो जस्ता उत्खन्न पदार्थहरु अवैध रुपमा उत्खनन गर्ने टिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ढुवानी बिक्री कार्यको लागि नियमअनुसार तोकिएको समय बिहान ७ बजेदेखी बेलुकी ६ बजेसम्म हुनुपर्नेमा साढे ७ बजेसम्म उत्खनन गरी लोड गरेर ल्याउँदै गरेको टिफर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटेको प्रहरीको टोलीले उक्त टिफरहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको टिफरहरुलाई कारवाहीको लागि बर्दिबास नगरपालिकामा पठाइएको छ ।

प्रतिक्रिया