सुडानको राजधानीमा हवाई आक्रमण हुँदा ३३ को मृत्यु

काठमाडौं । सुडानको राजधानी खार्तुममा हवाई आक्रमण हुँदा ३३ जना मारिएका छन् ।

सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमान्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको बताए ।

सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाको रूढिवादी अनुमानअनुसार युद्धमा कम्तीमा १२ हजार एक सय ९० को ज्यान गइसकेको छ। साथै संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धबाट ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

बिहीवार दक्षिण खार्तुमको सोबा जिल्लामा भएको हवाई बमबारीमा २३ जना नागरिक मारिएको र अन्य धेरै घाइते भएको आपत्कालीन वकिल समूहले सेनामाथि आरोप लगाउँदै बताएको छ। वकिल समूहले दक्षिण खार्तुममा पनि तोपखाना हमलामा अन्य १० जनाको मृत्यु पुष्टि भएको जनाएको छ ।

प्रतिरोध समितिका रूपमा चिनिने एक स्थानीय समूहले त्यति नै सङ्ख्यामा मृत्यु भएको सूचना दिएको थियो । उक्त समूहले भनेको थियो, “आवासीय क्षेत्र र स्थानीय बजारमा तोपको गोलीबाट १० नागरिक मारिएका थिए ।”

मध्य अप्रिलमा राजधानीमा भड्किएको युद्धको ध्यान दक्षिणतिर सरेको छ र हालै सुडानको अल–जजिरा राज्यसम्म पुगेको छ । उक्त राज्यमा हजारौँ मानिसले शरण लिएका थिए ।

युद्धका क्रममा सेना र आरएसएफ दुवैमाथि युद्ध अपराधको आरोप लगाइएको छ । अमेरिका, साउदी अरब र हालै पूर्वी अफ्रिकी ब्लक आइजिएडीले अहिलेसम्म गरेका अन्तर्राष्ट्रिय मध्यस्थता प्रयास असफल भएका छन् । रासस एएफपी

प्रतिक्रिया