भन्सार चोरी निकासीका ४ वटा गाडी सहित ७ जना मानिस पक्राउ

जनकपुरधाम । जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो।

चोरी निकासी कार्यमा संलग्न अर्का एक जनाको भने खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताए। मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी कारबाही सुरु गरिएको वरिष्ठ उपरीक्षक शर्माले बताए।

यस्तो छ जिल्ला प्रहरी कार्यालय धनुषाले तयार पारेको घटनाको विस्तृत विवरण :

भन्सार चोरी निकासीका गाडीहरू भारतबाट नेपालमा ल्याई नेपाली नम्वर प्लेट राखि नेपालमा चलाई रहेको छ भन्ने गोप्य सुचनाको अधारमा मिति २०८०।०९।२५ र २६ गते यस कार्यालयबाट खटिएको विशेष टोलीले जनकपुर नगर भित्रबाट निम्न गाडीहरू माथि शंका लागि थप अनुसन्धानको लागि यस कार्यालयमा ल्याई निम्न अनुसार अनुसन्धान गरिएको ।

निम्नः-

 अनुसन्धानको क्रममा पक्राउ परेका गाडीहरू- प्रदेश-२-०३-००१ च. ११४० ( Creata, white ), प्रदेश-२-०३-००१ च ०११० ( Vitara Breeza, white ), प्रदेश-२-०३-००१ च ५४८७ ( Vitara Breeza, Silver ), प्रदेश-२-०३-००१ च ३७३९ ( Scorpio White ) ।

 अनुसन्धानको क्रममा पक्राउ परेका गाडीहरूको सवारी धनी तथा सवारी दर्ता किताब सहितको विवरणको लागि यातायात व्यवस्था कार्यालय जनकपुर तथा नारायणी विरगंज समेतमा लेखापढी भएकोमा यातायात व्यवस्था कार्यालय जनकपुरमा कुनै पनि रेकर्ड फेला नपरेको ।

 यातायात व्यवस्था कार्यालय नारायणी विरगंजमा उक्त गाडिहरुको सवारी साधन दर्ता किताब माईक्रो बस र पिकअप गाडिको नाममा रहेको र गाडि धनीहरु पनि अर्कै व्यक्तिहरु रहेको । उक्त गाडिहरु चोरीको तथा भन्सार छलीको रहेको र उक्त गाडि देखाई नक्कली सवारी धनी किताब बनाई विक्रि गरेको देखिएको हुँदा निजहरु माथी किर्ते तथा लिखित बदर भन्सार तर्फको कानुनी कारवाहि अगाडि बढाईएको ।

पक्राउ परेका व्यक्तिहरू :-

१. जिल्ला महोत्तरी जलेश्वर न.पा.-३ मलवारा वस्ने अं. वर्ष ५० को मोख्तार अनसारी

 भारतिय व्यक्तिहरु संग सम्पर्क गरी गाडीको Deal गर्ने गरेको ।

 नेपाली नम्वर प्लेट र Blue book को व्यवस्था मिलाउने,

 हाल सम्म ८ ओटा गाडी नेपालमा भित्रियाएको,

२. जिल्ला महोत्तरी लोहरपट्टी न.पा.-६ वस्ने वर्ष ४० को जमजम भन्ने अन्सारूल कवारी

 मोख्तार अन्सारी संग सम्पर्क गरी भारतीय नम्वर प्लेटको गाडी खरिद गर्ने,

 प्रदेश-२-०३-००१ च ५४८७ नम्वरको Vitara Breeza, Silver कलरको गाडी अजिम राईनलाई वेचेको ।

 प्रदेश २-०३-००१ च ०११० नम्वरको Vitara Breeza, white गाडि नौसाद शेखलाई र प्रदेश-२-०३-००१ च. ११४० नम्वरको ( Creata, white ) गाडी रोशन कुमार ठाकुरलाई वेचेको ।

३. जिल्ला महोत्तरी लोहरपट्टी न.पा.-६-४ वस्ने अं. वर्ष ३७ को अजिम राईन ( वैदेशिक रोजगारबाट आएको)

 अंसारूल कवारी संग प्रदेश-२-०३-००१ च ५४८७ नम्वरको Vitara Breeza, Silver कलरको गाडी रू. १२,००,०००।– ( बाह्र लाख) मा खरिद गरेको ।

४. जिल्ला महोत्तरी मनरासिसवा -६ वस्ने अं. वर्ष ३२ को रोशन कुमार ठाकुर ( R.k. ट्राभ्लसको संचालक )

 अंसारूल कवारी संग प्रदेश-२-०३-००१ च. ११४० नम्वरको Creata, white कलरको गाडी रू. १५,००,०००।– ( पन्द्र लाख) मा खरिद गरेको ।

५. जिल्ला धनुषा जनकपुर उ.म.न.पा.-२३ बिन्दी वस्ने अं. वर्ष ३४ को अविद नदाफ ( गाडी ड्राईभर )

 जिल्ला महोत्तरी लोहरपट्टी वस्ने अख्तर नदाफको नातामा भिनाजु पर्ने संग प्रदेश-२-०३-००१ च ३७३९ नम्वरको Scorpio White कलरको गाडी भडामा चलाउनको लागि ल्याएको ।

६. जिल्ला महोत्तरी लोहरपट्टी न.पा.-६ वस्ने अं. वर्ष २८ को मोबारक अली ( विमा कम्पन्नीमा काम गर्ने )

 साथी पर्ने नौसाद नजिरको गाडी प्रदेश २-०३-००१ च ०११० नम्वरको Vitara Breeza, white कलरको निजले ७/८ महिना देखि राखेको र निजको साथी नौसाद नजिर विदेश गएको ।

७. जिल्ला धनुषा धनुषाधाम न.पा. ३ वस्ने अं. २८ को पंकज शर्मा ( गाडी चालक )

 प्रदेश २-०३-००१ च ०११० नम्वरको Vitara Breeza, white कलरको गाडी मोवारक अली संग भाडामा चलाउनको लागि लिएको ।

प्रतिक्रिया