राम मन्दिर उद्घाटन: जानकी मन्दिरमा सवा लाख दियो बालिने

जनकपुरधाम । राम मन्दिरको उद्घाटनका दिन जनकपुरको जानकी मन्दिरमा सवा लाख दियो बालिने भएको छ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन २२ जनवरीका दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइररहेको मन्दिरका छोटे महन्त रामरोशन दासले बताए ।

उनका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै त्यो दिन उत्सवको रुपमा पनि मनाउने योजना रहेको उनले बताए ।

ऊनले राम मन्दिरको प्राण प्रतिष्ठाका दिनलाई ध्यानमा राखी तयारी तीव्र बनाइएको पनि बताए।

राम मन्दिरको उद्घाटनको दिन दुबै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि उनले आग्रह गरेका छन्।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ।

प्रतिक्रिया
    ट्याग: