धनुषामा भन्सार छलीका सामान बरामद

जनकपुरधाम । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयर सामान आइतबार प्रहरीले बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले बताए ।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया