वडाअध्यक्षकाे उर्दी ! बाँदर नियन्त्रणका लागि रुख काट्नुस्

वडाध्यक्ष पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन् ।

काठमाडौं । पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विवादास्पद सूचना जारी गरेका हुन् ।

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन् ।

‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरिन्छ ’ १५ माघमा वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।

बाँदर नियन्त्रणको लागि रुख काट्ने सूचनाप्रति वातावरण संरक्षविद्हरुले भने आपत्ति जनाएका छन् ।

उनीहरू भन्छन्, ‘बाँदर नियन्त्रणको लागि अरू धेरै उपाय छन् । रुख नै काट्नु भन्ने उर्दी जारी गर्नुभनेको रोग लागेको मनिसलाई मारिहाल्नु भनेको जस्तो भयो । यो सूचना गैर कानुनी समेत छ ।’

प्रतिक्रिया
    ट्याग: