जनकपुर साहित्य महोत्सव: कविता वाचन प्रतियोगितामा ३४ मध्ये उत्कृष्ट ५ छात्र-छात्रा छानिए

जनकपुरधाम । नव मिथिला फाँउण्डेसनको आयोजनामा शुक्रवार भएको कविता वाचन प्रतियोगितामा ५ जना छानिएका छन् ।
प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । त्यस मध्ये उत्कृष्ट ५ जनालाई चुनिएका छन् । प्रतिस्पर्धाबाट छानिएका ५ छात्र छात्राबीच फाल्गुन १० गते आयोजना हुनेछ । साहित्य महोत्सवको प्रथम दिन सहभागीता गराई प्रथम द्वितीय र तृतीयलाई नगदसहित प्रमाण पत्र प्रदान गरिने छ ।
प्रथम हुनेलाई नगद २१ हजार, द्वितीयलाई ११ हजार र तृतीयलाई ५ हजार १ सय नगदसहित कदर पत्र प्रदान गरिने छ।
उत्कृष्ट पाँचजना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छात्र विवेक पाठक , ॐ आर सी एसका निशान्त ठाकुर , श्री गोगल प्रसाद माविकी छात्रा आयुषी पाण्डे, मिथिला मॉन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छिन् ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदश्य रामअशीष यादव हुनुहुन्थ्यो भन्ने निर्णायक मण्डलमा डॉक्टर रेवती रमन लाल , पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा ‘दिनमणि’, कवयित्री किरण झा लागयतका थिए । कवि गोष्टिको कोर्डिनेटरको रुपमा थिए कवि काशिकान्त झाजी थिए ।
शनिवार बिहान ११ बजे आर्ट एंड क्राफ्टको आयोजनमा नोचा पोखरीको डिलमा हुनेछ ।






