सिरहा नगरस्तरीय क्रिकेट प्रतियोगिता : हकपारा–लगडी गदियानी फाइनलमा

सिरहा । संचालित सिरहा नगरस्तरीय क्रिकेट प्रतियोगीताको फाइनलमा सिरहा नगरपालिका वडा नं.२२ हकपारा र वडा नं.२० लगडि गदियानीको क्रिकेट टिम फाइनलमा पुगेका छन् ।
सिरहा नगरपालिका वडा नं.२२ हकपाराले वडा नं.१६ माडरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने वडा नंं. २० लगडि गदियानीले वडा नं.३ मखनाहालाई हराउदै फाइनल खेलको यात्रा तय गरेको हो ।

सिरहाको सुर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा भएको क्रिकेट प्रतियोगीताको सेमि फाइनल खेलको पहिलो चरणमा टस जितेर ब्याटिङ्ग गरेका वडा नंं.३ मखनाहाले ९ बिकेटको क्षतिमा १०२ रनको लक्ष्य दिएको थियो भने वडा नं.२० लगडि गदियानीले ९ बिकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जित हासिल गरेको निर्णायक टोलीले बताए ।

सेमि फाइनल खेलको अवधिमा राम्रो क्रिकेट खेल प्रदर्शन गरेका सिरहा नगरपालिका वडा नं.२० का राजेश सिंहलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।

यस्तै, सेमिफाइनलको दोश्रा चरणको क्रिकेट खेलमा टस जितेर ब्याटिङ्ग गरेका वडा नं.२२ हकपाराले अलआउट हुँदै १०२ रणको लक्ष्य कायम ग¥यो भने १५ ओभरको समाप्तीमा वडा नं.१६ माडरले अलआउट हुँदै ६१ रनमात्र बनाउन पाएको निर्णायक टोलीले जनाए । उनीहरुका अनुसार वडा नं.२२ हकपाराले ४१ रनले आफ्ना जित हासिल गरे ।

आकर्षक खेल प्रदर्शन गर्न सफल भएका वडा नं.२२ हकपाराका क्रिकेट खेलाडि प्रमेश्वर यादवलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएको हो । उनले ४ ओभरमा १० रन दिँदै ४ बिकेट पाए ।

वडा नं.२० लगडि गदियानीका म्यान अफ द म्याचको बिजेता राजेश सिंहलाई त्यस वडाका वडाध्यक्ष रामचन्द्र यादवले पुरस्कार प्रदान ग¥यो भने अर्का म्यान अफ द म्याच विजेता प्रमेश्वर यादवलाई वडा नं.२२ का वडाध्यक्ष जीवछ नारायण यादवले पुरस्कार हस्तान्तरण ग¥यो ।

आयोजकका अनुसार नगरस्तरीय क्रिकेट प्रतियोगीताको फाइनल खेल ०८० फागुन ३ मा सुर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पस सिरहाको खेल मैदानमा हुने छन् । प्रतियोगीताको फाइनल खेललाई रोमाञ्चक र व्यवस्थित पार्नका लागि अगलै सुरक्षा व्यवस्था मिलाइएको आयोजकले बताएका छन् । आयोजकले दाबी गरे अनुसार फाइनल खेल हेर्न दशौं हजार दर्शक आउने छन् । सिरहा जिल्ला क्रिकेट संघ सिरहाको व्यवस्थापनमा सिरहा नगरपालिकाले उक्त क्रिकेट प्रतियोगीता संचालन गरेका हुन् ।

प्रतिक्रिया