१२ बुदेँ घोषणापत्र जारी गर्दै सकियो अन्तरमहादेशिय युवा मंञ्च

काठमाडाैँ । विश्व सामाजिक मंञ्चको सन्दर्भमा फाल्गुन ५ देखी ७ सम्म काठमाडाैँको भृकुटीमण्डपमा आयाेजना भएको अन्तरमहादेशिय युवा मंञ्च १२ वुदेँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
युथ एड्भोकेसी नेपालको संयोजन तथा ६ दर्जनभन्दा वढी संघ संस्थाको आयोजनामा संचालन भएको युवा मंचको उद्घाटन समरोहमा भारत, दक्षिण अफ्रिका, नेपाल, अमेरिका, कोलम्विया, फिजी, फ्रान्स, प्यालेष्टाईन लगायतका देशका युवा अधिकारकर्मीहरुले मन्तव्य राखेका थिए ।
यस संगै मञ्चको अवधीमा शिक्षा, शान्ति, असमानता, महिलावाद, आप्रवासन, युवाको सहभागिता लगायतका दशवटा सत्रमा विभिन्न देशका युवाहरुले आफ्ना विचार राखेका थिए । मञ्चमा ५ हजार भन्दा वढी युवाहरुको सहभागिता रहेकाे थियो ।

उक्त मंञ्चमा ४० भन्दाबढी देशका युवाहरुको सहभागिता रहेको अन्तरमहादेशिय युवा मंञ्चका संयोजक नरेन्द्र खतिवडाले जनाए । नवउदारवाद, बजारवाद, विश्वव्यापीकरण र नीजिकरणले युवाहरुलाई कसरी शोषण गरिरहेको छ र यससँग कसरी संघर्ष गर्न सकिन्छ भनेर युवाहरुबिचमा सघन वहस भएको खतिवडाले जानकारी दिए ।
मञ्चको अवधीमा वैकल्पिक कलाको प्रदशनी, युथ क्याम्प लगायत कार्यक्रमहरु पनि आयोजना गरिएका थिए ।








