राजेन्द्र महतो प्रहरी नियन्त्रणमा

राजेन्द्र महतोलाई प्रहरीले पक्राउ परेका छन्। माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शनको क्रममा भद्रकाली आइपुग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिए को हो।
प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए।
महतो समूहको उपत्यका विशेष ब्यूरोले निषेधित क्षेत्र तोड्ने आन्दोलन आयोजना गरेको थियो।
डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको थियो ।
प्रतिक्रिया




