नेकपा (एकीकृत समाजवादी)ले पायाे दुई मन्त्रालय, नेपाल मख्ख

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको महासचिव घनश्याम भुसालले नागरिक मिररलाई जानकारी दिए।

उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको हाे । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ भुसालले भने।

प्रतिक्रिया