सहिद हेमनारायण गोल्डकप : दुधौलीसँग झण्डै आधा दर्जन गोलले सिरहा(निलो) पराजित

यो पहिलो हारले टिमलाई मजबुत बनाउँछ : अध्यक्ष यादव

सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा जारी सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०८० अन्तर्गतको आज(बुधबार)को खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुली विजयी भएको छ । तेश्रो दिनको खेलमा सलहेश युवा क्लव सिरहा(निलो) लाई झण्डै आधा दर्जन गोलको अन्तरले पराजित दुधौली स्पोर्टस क्लव विजयी भएको हो ।

सिन्धुलीले आयोजक टिम सलहेश युवा क्लव(निलो)लाई ५–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा दुधौली युवा क्लवका विष्णु दनुवारले पाँच मनेट नबित्दै एक गोल गरेका थिए । त्यपछि १० मिनेट नबित्दै दुधौली युवा क्लवका समिर राईले दोश्रो गोल गरेका थिए । राईले त्यसपछि लगातार दुई गोल गर्दै सलहेश युवा क्लवलाई शुन्य विरुद्ध पहिलो हाफमै तीन गोलले पछारेका थिए ।

दोश्रो हाफ पनि दुधौली युवा क्लवका खेलाडी जर्सी नम्बर १० का समिरले नै पुनः सलहेश विरुद्ध दुई गोल जोड्दै सहज रुपमा जम्मा जम्मी पाँच गोल गरे । जसको विरुद्ध सलहेश युवा क्लव(निलो)का जर्सी नम्बर १० का राजा मेस्तरले अन्तिममा सानदार अपत्यारिलो एक गोल गरे । अन्ततः आयोजक ती टिमको आशा त्यतिमै टुंगियो । तर पनि घरेलु मैदानमा खेलेका सिरहालाई दर्शनको साथ नै मिल्यो । किनकी करिब करिब डेढ महिना अघि सम्पन्न नगरस्तरीय फुटबल प्रतियोगिताबाट २२ वटै वडाबाट छनौट भएका ती खेलाडीहरुसहितको यो नगरस्तरीय टिम फ्रेसर हुन् । जसकारण स्थानीयहरुको हुटहुटीले भारी अन्तरले पराजित भएपनि खेलाडीहरुको समर्थनमा हुटहुटी गर्दै अनुहार मलिन हुन दिएन ।

सिरहाको तर्फबाट दुधौली युवा क्लवबिरुद्ध एक गोल गरेको राजा मेस्तरलाई उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले खेल अघि घोषणा गरे अनुसार एक गोल वापत एक हजार पुरस्कार प्रदान गरे ।

जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक सिरहाबाट दुई वटा टिमले भाग लिएका छन् । सलहेश युवा क्लव(निलो) र सलहेश युवा क्लव (रातो) रहेका छन् ।

खेलको सुरुमा केहीबेर सिरहा(निलो) ले उत्कृष्ट राम्रै खेलेका थिए । तरपनि नयाँ भएको यो टिमको प्रदर्शन संतोषजनक नै भएको दर्शकहरुको भनाई छ । प्रतिष्पर्धी टिमबाट ए डिभिजन लिग खेलेका खेलाडीहरुको अगाडी सिरहा(निलो) नयाँ टिमको हिसाबले उत्कृष्ट प्रदर्शन नै गरेको सलहेश युवा क्लवका अध्यक्ष राजीप यादवले दाबी गरेका छन् । अगामी दिनमा यो हारले यी टिमलाई मजबुत बनाउने उनको कथन छ ।

आजको खेलमा विजयी भएका टिम दुधौली युवा क्लवका खेलाडी समिर राई म्यान अफ द म्याच धोषित भए । उनलाई तीन हजारसहित ट्रफी स्काउट मधेश प्रदेशका आयुक्त दिनेश यादव, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह, सिरहा नगरपालिका वडा नम्बर ७ का वडासदस्य धर्मेन्द्र मिश्रसहितका आयोजकले प्रदान गरे ।

यस्तै खेलको चौथो दिन कामाख्या स्पोर्ट्स क्लब बनारस, भारतल र हेटौडा फुटबल एकेडेमी मकवानपुरबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।

जारी खेल फागुन २१ गतेदेखि सुरु भई ९ दिनसम्म अर्थात फागुन ३० गतेसम्म चल्नेछ । जसमा नेपाल भारतका १० वटा टिमले भाग लिएका छन् । यी टिमहरु आयोजकसहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्व रहेका छन् ।

गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष यादवले बताएका छन् ।

प्रतियोगिता सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ ।

प्रतिक्रिया